नेकपा सचिवालय बैठक बस्दै : यी हुन् छलफल हुने मूख्य एजेण्डा

sachiwalaye
  • 13
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ६ असोज। नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बस्ने बैठकमा मन्त्रिपरिषद पुनर्गठन र संवैधानिक निकायमा नियुक्तका विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा पार्टी एकताको बाँकी कामलाई पूर्णता दिने विषयमा पनि छलफल हुने बताइएको छ। आइतबार पूर्वमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठक बसेको थियो। बैठकका एजेण्डाका विषयमा सोमबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच छलफल भएको थियो।

विशेष गरी मन्त्रिपरिषद पुनर्गठनको विषयले प्रमुखता पाएको छ। आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठनका विषयमा तीनवटा विकल्प प्रस्तुत गरेका थिए।

सचिवालय बैठकले ती विकल्पमा छलफल गरेर निष्कर्ष निकालेपछि मन्त्रिपरिषद पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी रहेको बालुवाटार निकट स्रोतले जनाएको छ। पार्टी विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्