४८८ प्रहरी निरीक्षकको सरुवा, को कहाँ परे ? (सूचिसहित)

nepal-police
  • 19
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ६ असोज। नेपाल प्रहरीका ४८८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) सरुवा भएका छन्। प्रहरी महानिरीक्षकद्वारा सोमबार गरेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

काठमाडौंको साँखुस्थित महानगरीय प्रहरी प्रभागमा इन्स्पेक्टर जानुका देवी खरेलको सरुवा भएको छ भने त्यहाँका इन्सपेक्टर गोविन्द पन्थीलाई मानव बेचविखन अनुसन्धान ब्युरोमा पठाइएको छ।

यस्तै बूढाीलकण्ठ प्रभागमा प्रहरी निरीक्षक राजकुमार तामाङलाई सरुवा गरिएको छ। यसैगरी चितवनको नारायणढस्थित वडा प्रहरी कार्यालयमा इन्स्पेक्टर रघुसिंह विष्टलाई सरुवा गरिएको छ भने त्यहाँका इन्स्पेक्टर रवीनबाबु रेग्मीलाई महानिरीक्षकको कार्यालय ल्याइएको छ। सरुवा भएका प्रहरी निरीक्षकले तलब, भत्ता यही महिनादेखि सरुवा भएकै स्थानबाट लिन पाउनेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्