एनआरएनए अमेरिकाजद्वारा राष्ट्रिय महिला भेला कार्यक्रम आयोजना

pic
  • 33
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ६ असोज। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आगामी शनिबार पहिलो पटक राष्ट्रिय महिला भेला कार्यक्रम गर्ने भएको छ। कार्यक्रममा विशेष गरी प्रवासमा आ-आफ्नो पेशा र व्यवसायका बाबजुत विभिन्न संघसस्थाको नेतृत्व गरिरहेका अब्बल महिला दिदिबहिनीहरुको उपस्थिती रहने छ।

महिलाहरुको ज्ञान र सीप भोलिका पीडिका लागि प्रेणादायी बन्ने छन भने वर्तमान समस्याका समाधान पनि कार्यक्रममा खोजिने आयोजकले जनाएको छ। आधा आकाशका भागिदार महिलाहरु विशेष गरी प्रवासमा महिलाका धेरै भन्दा धेरै मुद्दाहरु समेट्ने कार्यक्रमको उदेश्य रहेको छ।

महिला संयोजक दिक्षा बस्नेतले भनिन्,‛ यो महिला भेला र यसबाट भोलिका दिनमा आउने दोश्रो पुस्तालाई समेत सहि र सत्मार्ग दिनको लागि यस्ता कार्यक्रम जरुरी देखि कार्यक्रमको आयोजना गरिएको हो, मलाई आशा छ, यहाँहरुको उपस्थितिले यो कार्यक्रमको शोभा बढ्ने छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्