रिजाल दम्पति कोरोनामुक्त

dr bhola rijal
  • 26
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ६ असोज। प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी श्रीमती कोरोना संक्रमणमुक्त भएका छन्। गत भदौ १३ गते संक्रमण पुष्टि भएपछि रिजाल दम्पती भदौ १४ गते ह्याम्स अस्पतालमा भर्ना भएका थिए।

डा. रिजालका दम्पती २२ दिनको अस्पताल बसाईपछि सोमबार डिस्चार्ज भएको जनाएका हुन्। उनले आफूहरुको उपचारमा संलग्न अस्पतालका डाक्टर, नर्स तथा अन्य कर्मचारीहरुलाई धन्यवाद दिएका छन्।

उनले कोरोना संक्रमणबाट सुरक्षित रहन नियमित हात धुन, अनुहार छोप्न र सामाजिक दूरी कायम गर्न पनि सबैलाई आग्रह गरेका छन्। कोभिडको कुनै लक्षण देखिएमा आफूलाई अलग राख्न पनि डा. रिजालको आग्रह छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्