अद्यावधि नक्साअनुसार नेपालको नयाँ क्षेत्रफल कति ?

Nepal-new-Map-3
नेपालको नयाँ नक्शा
  • 27
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपालको कुल क्षेत्रफल अब १ लाख ४७ हजार ५७६ वर्ग किलोमिटर रहेको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक गरेको ‘नेपालको भू-भाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’मा नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५७६ वर्ग किलोमिटर रहेको उल्लेख छ।

पाठ्यक्रम विकास केन्द्रले नेपालको कुल क्षेत्रफल सहितको पाठ्य पुस्तक तयार पारेको हो। पुस्तकमा नेपालको पश्चिमोत्तर क्षेत्रको लिपुलेक र कालापानी बिचमा रहेको लिपूँ भञ्ज्याङलाई समेटेर लिम्पियाधुरा लिपुलेक क्षेत्रको करिब ३ सय ९५ वर्ग किलोमिटर भू-भाग समावेश गरिएको हो। यसअघि भन्दै आएको १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर क्षेत्रफलमा लिम्पियाधुरा क्षेत्र समेटिएको थिएन।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को १९ भदौको बैठकले यो पुस्तकलाई विद्यालय तहमा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्ने स्वीकृति दिने निर्णय गरेको थियो। सरकारले गत ७ जेठमा सार्वजनिक गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा अनुसार पुस्तक तयार पारिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्