आङरिता शेर्पाको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने

pic 1
लाेकपाटी न्यूज

काठमाडौं, ६ असोज। कीर्तिमानी आरोही आङरिता शेर्पाको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने सरकारले निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

१० पटकसम्म विना अक्सिजन सगरमाथा आरोहण गरेको विश्वरेकर्ड राखेका आङरिताको ७२ वर्षको उमेरमा सोमबार जोरपार्टीस्थित छोरीको घरमा निधन भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्