नारायणकाजी श्रेष्ठकाे अगुवाइमा काेभिड १९ काे स्वयंसेवी अभियान सञ्चालन

Covid-19
  • 573
    Shares
लाेकपाटी न्यूज

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा माननीय नारायणकाजी श्रेष्ठको सचिवालयअन्तर्गत गठित काेभिड १९ भाेलेन्टियर सर्भिसको “जनतासँग अन्तरसम्वाद र सहकार्य” कार्यक्रम म‌ंगलबार काठमाडौंको नागार्जुनको रानीवनमा सम्पन्न भएकाे छ।

कार्यक्रममा नारायणकाजी श्रेष्ठले कोभिड -१९ ले विश्वभर ठूलो क्षति पुगेको र स्वास्थ्यमा मात्र नभई मानव जीवनको सबै आयाममा यसको असर परेकोले विशुद्ध सामाजिक भावनाले जनताको सेवामा समर्पित हुन स्वयंसेवी अभियान अगाडि बढाइएको बताए। यो अभियान नेपाल सरकारले कोभिड-१९ सँग लड्न तयार गरेको रणनीति र कार्यक्रमको सहयोगका लागि शुरु गरिएको तथा सामान्य र पहुँच नपुगेकाहरुको सेवामा समर्पित हुन निर्माण गरिएकोले सोही बमोजिम काम गर्न स्वयंसेवकहरुलाई निर्देशन दिए।

स्थानीय जनताको उपस्थितिमा जनस्वास्थ्यविद डा. शरद वन्तले कोभिड-१९ के हो र कसरी बच्ने भन्ने सन्दर्भमा आफ्नाे धारणा राखेका थिए। उनले यस्तो पवित्र काममा आफू सहयोगीको भूमिका निर्वाह गर्न तयार रहेको बताए।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले अहिलेको विसम परिस्थितिमा यस्तो स्वयंसेवी अभियान सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै यो अभियानमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

120032795_333986754576570_2166595294993743646_n

कार्यक्रममा स्वयंसेवी अभियानको तर्फबाट अभियान संयोजक इन्द्रराज भट्टराईले सिभिएस के हो र केका लागि सम्पर्क गर्ने भन्ने कुरा स्पष्ट पार्दै कोभिडका कारण समस्यामा परेमा सम्पर्क गर्ने हटलाइन नम्बरहरु सार्वजनिक गर्दै स्वयंसेवी अभियानमा हातेमालो गरी अगाडि बढ्न आग्रह गरे। स्थानीय पार्टी नेतृत्व तथा वडा अध्यक्ष रामचन्द्र लामाले यो अभियानमा वडा र पार्टीले साथ दिने तथा आवश्यक सहयोग र सहकार्य गर्ने बताए।

साे अवसरमा नेकपाका प्रवक्ता श्रेष्ठले नागार्जुन नगरपालिका रानीवनस्थित काेभिड १९ आइसाेलेसन सेन्टरकाे अवलाेकन गर्दै सेन्टरकाे गुणस्तर सुधारका लागि आवश्यक प्रबन्ध गर्न स्थानीय जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए।

कार्यक्रममा कृष्ण घिमिरे, कमल दानी, प्रदिप शाह लगायतले संयोजन गरेको उक्त कार्यक्रममा पार्टी सचिव जीवन लामा, जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा स्वयंसेवकहरुको उपस्थिति रहेको थियो।

काेभिड १९ सम्बन्धी कुनै समस्या परेमा नेपालमा ९८१८३०२२४९ र ९८६०३२८९८८ विदेशबाट +९७७ ९८५१०६०५८८ (भाइबर समेत) सम्पर्क गर्न सकिने आयाेजकले जनाएकाे छ।

119974404_380852096253201_4627186320795027871_n

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्