नेकपा सचिवालयले भन्योः ‘तत्काल संवैधानिक निकायमा पदपूर्ति गर्नू’ 

sachiwalyabaithak
  • 51
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले संवैधानिक निकायमा तत्काल पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ।

बैठकले तत्काल संवैधानिक परिषद्को बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए। बैठकले पार्टीको सांगठनिक एकताको ठोस प्रस्ताव १० दिनमा ल्याउने जिम्मा दुई अध्यक्ष र महासचिवलाई दिएको छ।

‘संगठनिक एकीकरणका बाँकी काम पूरा गर्न गर्ने सन्दर्भमा १० दिनभित्र अध्यक्ष र महासचिवले ठोस प्रस्ताव सचिवालयमा प्रस्तुत गर्ने निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘त्यसका आधारमा सांगठनिक एकीकरणको विषयमा टुंगो सचिवालयले लगाउने छ।’ मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा भने आजको सचिवालय बैठकमा छलफल नभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्