मलाई अपहरण गरेर ट्रमा सेन्टर पुर्‍याइयोः डा. केसी

dr_kc
  • 118
    Shares
लोकपाटी न्यूज

काठमाडौं। चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीले आफूलाई जबरजस्ती ट्रमा सेन्टर पुर्‍याइएको बताएका छन्। उनले आफूलाई शिक्षण अस्पताल लैजान आग्रह समेत गरेका छन्। ‘मेरो नागरिक अधिकारको हनन हो,’ डा. केसीले भनेका छन्, ‘यो अपहरण हो।’

केसीलाई आज नेपालगन्जबाट काठमाडौं ल्याइएको थियो। उनलाई विमानस्थलबाट एम्बुलेन्समा शिक्षण अस्पताल लैजाने भनेर राखिए पनि ट्रमा सेन्टर लगिएको थियो। उनी शिक्षण अस्पताल लैजानु पर्ने भन्दै एम्बुलेन्सबाट बाहिर निस्कन मानेका थिएनन्। तर प्रहरीले उनले जवर्जस्ति निकालेको थियो।

‘मैले टिचिङको पूर्व डाक्टर हुँ भनेर एम्बुलेन्समा चढेँ। एयरपोर्ट गेट बाहिर निस्केपछि त एम्बुलेन्स चाबहिल तिर नगएर सिनामंगल तिर गयो। हामी त टिचिङ जाने हो भने। एम्बुलेन्समा रहेकाले ट्रमा जाने हो भने। म ट्रमा जान्न भने त्यसपछि प्रहरीको गाडीले जबरजस्ती यहाँ लेरायो,’ डा. केसीले भने।

सरकार, टिचिङ अस्पतालका निर्देशक र डीनको निर्देशनमा आफ्नो अपहरण भएको उनले बताए। उनले यस्तो तानाशाही शैली अब नचल्ने समेत जनाए। ‘जबसम्म मलाई टिचिङ अस्पताल लगिन्न तबसम्म ब्लड प्रेसर, रगत, तापक्रम नाप्न दिन्न र स्लाइन पनि म लिनेवाला छैन,’ डा. केसीले भने।

जुम्लाको एक मन्दिरमा अनशन बसेका केसीलाई हिजो नेपालगन्ज लाइएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, पीसीआर परीक्षणलाई तीव्र पार्नुपर्ने लगायतका माग राख्दै केसीले भदौ २९ गते जुम्लामा अनशन सुरु गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्