आईपिएल: राजस्थान रोयल्सको विजयी सुरुवात

Game
  • 4
    Shares
लाेकपाटी न्यूज

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ।

युएईको सारजहा क्रिकेट मैदानमा मंगलबारराति भएको खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले हराउँदै राजस्थानले नयाँ सिजनमा विजयी सुरुवात गरेको हो।

खेलमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनायो। उसका लागि सन्जु स्यामसनले ३२ बलमा ९ छक्का र एक चौकाको मद्दतले ७४ रन बनाए। यसैगरी कप्तान स्टेभन स्मिथले ६९ रनको योगदान दिए।

अन्तिम ओभरमा राजस्थानमा जोफ्रा आर्चरले विस्फोटक ब्याटिङ गर्दै ३० रन जोडेपछि राजस्थानले उच्च योगफल बनाएको हो। बलीङतर्फ चेन्नाईका साम कुरानले तीन विकेट लिए।

जवाफमा २ सय १७ रनको लक्ष्य पछ्याएको चेन्नेईले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन मात्र बनाउन सक्यो।

चेन्नईका फाफ डु प्लेसिसले ७२ रन बनाएपनि टोलीलाई जिताउन सकेनन्। जारी आईपिएलमा राजस्थानको यो पहिलो खेलमा पहिलो जित हो भने चेन्नाईको दुई खेलमा पहिलो हार हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्