बर्दियाका एक कोरोना संक्रमित पुरुषको मृत्यु

coronadeath
फाइल तस्वीर
  • 8
    Shares
लाेकपाटी न्यूज

बर्दिया, ७ असोज। बर्दियाका एक कोरोना संक्रमितको मंगलबार राती मृत्यु भएको छ। कोहलपुरमा उपचारका क्रममा बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताए। योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५० पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्