पीसीआर टेष्ट गर्न अस्पताल परिसरमा बास

pic
  • 20
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ७ असोज। काठमाडौं छाड्ने र भित्रिने कसैको पनि कोरोना परिक्षण गर्ने गरिएको छैन। यद्यपी काठमाडौंका घरभेटीहरुले पीसीआरको रिपोर्टबिना घरभित्र पस्न नदिएपछि अहिले टेकु अस्पतालमा कोरोना परिक्षण गराउनेको भीड लागेको छ ।

हरेक दिन ५ हजारभन्दा धेरै ब्यक्तिको लाइन लाग्ने गरेको टेकु अस्पतालले जनाएको छ। परिक्षणको पालो कुर्न कयौं व्यक्तिहरु राति नै अस्पताल परिसरमा बास बस्ने गरेका छन्।

लकडाउनको समयमा काठमाडौंका विभिन्न नाकाबाट दैनिक २ हजारको सङ्ख्यामा अत्यावश्यक सवारी साधन नाकाबाट आवतजावत गर्ने गरेका थिए।

सार्वजनिक सवारी साधन र लामो दूरीको सवारी संचालनमा आएपछि नाकाबाट बाहिरिने र भित्रिने सवारी सङख्या बृद्धि भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्