मोडलिङ्गमा अब्बल बन्दै शंकर सेढाई

pic shankhar sedhai
  • 33
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। चितवनको राप्ती नगरपालिका भण्डारा बजारमा घर भएका शंकर सेढाई यतिबेला राजधानी काठमाडौँमा संघर्षरत छन्। सरल र निडर स्वभावका सढाईले एउटा आशा लाग्दो र उदाउँदो कलाकारको परिचय बनाई सकेका छन्।

सानै उमेरदेखि मोडलिङ रुचाउने मोडल शंकरले पूर्ण रूपले मोड्लिङ गर्न थालेको करिब ४ वर्षमा नै उनले धेरै दर्शकको माया पाउन समेत सफल भएका छन्। सन् २०१६ मा सम्पन्न मोडल हन्ट प्रतियोगितामा टप फोटो जेनिकको उपाधी पाएसगैँ आफूले यो क्षेत्रलाई व्यवसायिक रुपमा अगाडि बढाएको उनले बताए।

त्यसयता उनले यो अवधीमा नेपालको विभिन्न शहरमा गरि २५ वटाभन्दा बढी फेसन शोमा मोडल भई काम गरिसकेका छन्। भने उनले १ दर्जन बढी फेसन शोमा कोरियोग्राफरको रुपमा समेत काम गरेका छन्।

स्कुल अध्ययनकै क्रममा अभिनयमा रुचि भएका कारण समेत आफू मोडलिङ्गमा आउन सजिलो भएको उनले बताए। छोटो समयमा धेरै चर्चा बटुलेका उनले विभिन्न शोमा प्रस्तुत गरेका अभिनय जिवन्त भएकै कारण उनी चर्चामा रहेका हुन्। यस्तै यो अवधीमा विभिन्न विज्ञापनमा प्रिन्ट र टिभिसि एड समेत गरी अभिनय गरेर शंकरले अलगै पहिचान दिएका छन्। विभिन्न ईभेन्ट र म्याग्जिनका लागि उनले गरेको फोटो सुटले समेत उनलाई थप चर्चामा पुराउने गरेको छ।

शंकरले भने,‛ मोडलिङ्ग फरक भए पनि लगनशिल र आफ्नो मिहिनेतकै कारण आफू विस्तारै अगाडि बढेको छु।’ मारुनी फिल्ममा सहायक कलाकारको रुपमा अभिनय गरिसकेका शकंरले अब छिटै आफू राम्रो र फरक पहिचान दिने चलचित्रमा नायकको भूमिकामा आउन लागेका जानकारी गराए। विभिन्न चलचित्रका अभिनय कार्यशालामा समेत उनले जनाएको सहभागीताले गर्दा उनलाई धेरै अफर आए पनि चलचित्रमा आफूले नायकको रुपमा गर्ने पहिलो अभिनय विशेष खालको हुने दावी गरे।

उनी आफूँलाई चुनौती लाग्ने पेशालाई नै अंगालेर त्यसलाई अवसरको रुपमा परिर्वतन गरी मोडलिङ्गप्रति एउटा दरिलो उदाहरण बन्न चाहेको बताए। स्नातकसम्म अध्ययन गरेका शंकरको लक्ष्य नेपालको एउटा शसक्त मोडल बन्ने हो। शान्त, सरल तथा मिजासिलो स्वभावका शंकर हेर्दा आकर्षक देखिन्छन।

मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र हो उनले भने जहाँबाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो, अभिनय र नृत्य विधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाउनेछन्। ५ फुट ७ ईन्च भन्दा अग्ला रहेका शंकरको आर्कषक शरिर देखेर जो कोही पनि लोभिन्छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्