नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

muglinnarayangarh_PD7eJ7bdaa
  • 7
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ७ असोज। मुग्लिन-नारायणघाट सडक खण्ड अन्तर्गत चार किलोमा फेरि पहिरो खसेर मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ।

बुधबार बिहान गएको पहिरो हटाएर केहीबेर गाडी चलाउन थाले पनि दिउँसो फेरि पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको मुग्लिन प्रहरीले जनाएको छ।

वर्षा हुने क्रम नरोकिएकाले तत्काल पहिरो पन्छाउन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ। लेदोसहितको पहिरो खसेर सडक पुरिएकाले दुईतर्फी नै गाडी रोकिएको बताइएको छ।

यता पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरीमा भने अहिले एकतर्फी सडक खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्