गैर सरकारी संस्था महासंघ नेपाल तनहुँद्धारा कोरोना संक्रमितलाई फलफूल वितरण

pic 1
  • 9
    Shares
लाेकपाटी न्यूज

बी.बी.श्रेष्ठ/ तनहुँ, ७ असोज। गैर सरकारी संस्था महासंघ नेपाल, तनहुँ शाखाले ४१ औं समाजिक सेवा दिवस आइसोलेसनमा भएका कोरोना संक्रमितहरुलाई फलफूल वितरण गरी मनाएकोे छ।कार्यक्रममा दमौली अस्पतालवाट संचालन गरिएको आईसोलेशन कक्षमा कोरोना संक्रमितहरुलाई फलफुल वितरण गरिएको थियो।

३० केजी स्याउ, २० दर्जन केरा र अन्य फलफुल दमौली अस्तपताल विकास समितीका अध्यक्ष प्रदिपराज अधिकारीलाई गैरसरकारी महासंघ तनहुँका पुर्व अध्यक्ष रामलिला सुर्वणकारले हस्तान्तरण गरेका हुन्। देशनै कारोनाले ग्रसित भएको सन्दर्भमा संक्रमितका स्वास्थ्य स्थिती मजवुत गराउन र आत्मवल वढाउनका लागि सहयोग सामग्री फलदायी हुने दमौली अस्पताल विकास समितीका अध्यक्ष प्रदिपराज अधिकारीले बताए।

संयुक्त दलित उत्थान मंच तनहुँ, ग्रामिण सशक्तिकरण समाज तनहुँ, र ईन्सेक तनहुँ सहआयोजक रहेको कार्यक्रमको संचालन जिल्ला प्रतिनिधी प्रकाशचन्द्र भट्टराईले गरेका थिए।

समाजिक क्षेत्र, राष्ट्रिय गौरव, आजको आवश्यकता, सम्वृद्धि र सुखका लागि समाजिक रुपान्तरण र उद्यमशिलताको नारासहित गैर सरकारी संस्था महासंघ तनहुँका पूर्व जिल्ला अध्यक्ष एवं ईन्सेक जिल्ला प्रतिनिधी प्रकाशचन्द्र भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्