‘हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन’

Pradeep_Gyawalia
  • 12
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सरकारले नेपाल-चीन सीमा क्षेत्रमा कुनै समस्या नरहेको जनाएको छ। बुधवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण नपरेको बताएको हुन्।

हुम्ला लिमीमा देखिएको समस्या २०७३ सालमा गठन भएको अन्तर मन्त्रालय छानबिन समितिले नै प्रस्ट पारिसकेको र त्यति बेला नै यो विषय किनारा लागेको उनले बताए। त्यति बेला गठन भएको छानबिन समितिले लिमीमा चीनले बनाएका भवन नेपाल-चीन सीमा क्षेत्रभन्दा एक किलोमिटर पर नै रहेको प्रतिवेदन बुझाएको र अहिले पनि त्यहीँ भवन बनाइएको ज्ञवालीले बताए।

‘२०७३ सालमा पनि यस्तै समाचार सार्वजनिक भएको भएको रहेछ। त्यति बेला अन्तरमन्त्रालय छानबनि समिति (गृह, परराष्ट र नापीहहित)को टिमले स्थलगत अध्ययन गरेर १ किलोमिटर चिनियाँ भूमि भित्र बनेको प्रतिवेदन तयार भएको थियो’ उनले भने, ‘अहिले त्यही ठाउँमा नै बनाएको जानकारी प्राप्त भएको छ। सीमा समस्या छैनन्। देखा परेपनि सौहार्दपूर्ण तरिकाले वार्ता गर्ने कुरा छदैछ।’ अहिले त्यही ठाउँमा थप भवन बनेको हो।

अहिले जिल्ला प्रशासन कार्यालय हुम्लाबाट प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थलगत अध्ययन टोली गएको र त्यसको रिपोर्ट बुझाउन बाँकी रहेको उनले बताए। त्यो प्रतिवेदन आइसकेपछि मात्रै थप भन्न सकिने उनको भनाइ थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्