आधिकारिक ट्रेड यूनियनको निर्वाचन मंसिरमा

Capture
  • 5
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ७ असोज। निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनको चुनाव २७ मंसिरमा हुने भएको छ। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले चुनाव २७ मंसिरमा गर्ने निर्णय गरिएको जानकारी दिएका छन्।

यसअघि २४ असोजका लागि तय भएकोमा कोरोना संक्रमणका कारण मंगलबारको मन्त्रिपरिषद्को बैठकले स्थगित गर्ने निर्णय गरेको हो।

निर्वाचन स्थगित गरेकोमा नेपाल निजामती कर्मचारी यूनियन र राष्ट्रिय निजामती कर्मचारी संगठनले विरोध गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्