डा. केसीसँग तत्काल वार्ता सुरु गर्न कांग्रेसको अपिल

BishwaPrakash_Sharma
  • 11
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनसनरत प्रा. डा. गोविन्द केसीसँग वार्ता सुरु गर्न र उनको जीवन जोगाउन प्रधानमन्त्री समक्ष अपिल गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरेर डा. केसीको स्वास्थ्यमा देखिएको बढ्दो प्रतिकूलता दृष्टिगत गरी ‘इमान्दार वार्ता र सार्थक कार्यान्वयन’मा तदारुकता प्रस्तुत गर्न सरकारसँग आग्रह गरेका हुन्।

‘प्रधानमन्त्रीको अग्रसरता २०७५ साउन १० गते डा. केसीसँग नेपाल सरकारले गरेको सहमति स्वयं प्रधानमन्त्रीकै अगुवाइमा माग महिना उल्लंघन नगरिएको भए आजको परिस्थिति नआउने’ विज्ञप्तिमा भनिएको छ। डा केसीको अहिलेको अनशनका समयमा ‘बिराएको बाटोबाट ठीक बाटोमा आउन’ संघीय सरकारसँग कांग्रेसले आग्रह गरेको छ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारलगायतका माग राखेर डा. केसीले जुम्लाबाट अनशन सुरु गरेका थिए। जुम्लामा असहज अवस्था भएपछि मंगलबार विमानमार्फत काठमाडौं आइपुगेका थिए। ईच्छाविपरीत प्रहरी प्रशासनले उनलाई ट्रमा सेन्टरमा लगेपछि विवाद सिर्जना भएको थियो। मंगलबार बेलुका उनलाई शिक्षण अस्पतालमा पुर‍्‍याएको थियो। त्यहीँबाट उनले अनशन जारी राखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्