कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको २५ लाखको बिमा

Corona_Doctor
  • 13
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको स्वास्थ्य गरिदिने भएको छ। सरकारले महामारीको समयमा समेत उपचारमा खटिएका चिकित्सक, नर्स, कर्मचारी, सरसफाइकर्मीलगायतको २५ लाखको बिमा गरिदिने भएको हो।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले कोरोना रोकथाममा प्रत्यक्ष रुपमा संलग्न चिकित्सक स्वास्थ्यकर्मी कर्मचारीको बिमा गर्ने निर्णय गरेको हो। ‘२०७७ साउन १ देखि लागू हुने गरी कोरोना उपचारमा खटिने सबै स्वास्थ्यकर्मीको कोरोना बिमा गर्ने निर्णय भएको छ,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रदीप ज्ञवालीले भने।

कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको सेवा सुविधामा सरकारले कुनै चासो नदिएको भन्दै सरकारको आलोचना हुँदै आएको थियो। यसैबीच सरकारले अझै पनि कोरोना भाइरसको संक्रमण ‘पिक’ अवस्थामा नपुगेको र संक्रमणको जोखिम कायमै रहेको भन्दै सतर्क रहनसमेत आग्रह गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्