इजायलसँग श्रम सम्झौता गर्ने मन्त्रिपरिषदको निर्णय  

Pradeep_Gyawalia
  • 31
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल र इजरायलबीच श्रम सम्झौतामा हस्ताक्षर हुने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौतामा हस्ताक्षर गर्न राजदूत अन्जन शाक्यलाई अख्तियारी प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। उनका अनुसार उक्त सम्झौतापछि नेपाली कामदार जिटुजी माध्यमबाट इजायल जान पाउने छन्।

नेपाली कामदारले इजरायली नागरिकले पाउन सरहका सेवा सुविधा प्राप्त गर्ने उनले बताए। ‘यो सम्झौताको महत्वपूर्ण पक्ष के हो भने सरकारी तवरबाट नेपाली केयर गिभरहरू त्यहाँ जना पाउने छन् र उनीहरूले इजरायली नागरिकले जे जस्ता सुविधा पाउँछन् त्यहाँको लेभर मार्केटमा त्यही तहको सेवा र सुविधा प्राप्त गर्ने छन्।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्