फिलिप ह्युजको सम्झनामा ‘नटआउट ६३’ प्रतियोगिता हुने

Not out 63
लाेकपाटी न्यूज

काठमाडौं । कोल म्यानेजमेन्ट प्रा.लिको योजनामा हुने ’63 Not Out: The FIFA Tournament’ को प्रतियोगिता पुसको २८ गतेबाट सुरु हुने भएको छ । पहिलो चरणको खेलको सुरुवात पुस २८ गते पोखरा र बुटवल मा हुनेछ । माघ १ गते चितवन र इटहरीमा हुनेछ र माघ ५ गते काठमाडौं उपत्यकामा (काठमाडौं, भक्तपुर, ललितपुर) हुनेछ । प्रतियोगिताको फाइनल भने पोखराको न्यूरोडस्थित भाटभटेनीमा रहेको पोखरा स्काई स्पोर्टसमा माघ १५ र १६ गते हुने आयोजकले जानकारी दिएको छ ।

आयोजकले यस प्रतियोगिता नेपालकै सर्वाधिक ठूलो फिफा प्रतियोगिता हुने बताएको छ । विभिन्न सहरमा हुने छनोटबाट ६३ जना फाइनल चरणका लागि छनोट हुनेछन् । फाइनल चरणमा छानिएका ६३ जनामध्ये एक जना बाई परेर अन्तिम ३२ मा पुग्नेछन् । बाँकी ६२ जनाबीच ३१ खेल हुन्छ । अन्तिम ३२ मा १६ खेल हुनेछ । त्यसपछि अन्तिम १६ मा ८ खेल हुँदा क्वाटरफाइनलमा ४ खेल हुनेछ । त्यसपछि सेमिफाइनल, फाइनल र तेस्रो र चौथो स्थानको लागि प्रतिस्पर्धा हुनेछ । यसरी, फाइनल राउण्डमा ६३ वटा खेल पश्चात ’63 Not Out: The FIFA Tournament’ को पहिलो संस्करणको विजेता हुनेछ ।

प्रतियोगितामा सहभागिताको लागि कोल म्यानेजमेन्टको अफिसियल वेबसाइट coal.com.np मा गएर फर्म भर्नुपर्ने हुन्छ । प्रतियोगिताका लागि पुस २२ गतेसम्म आवेदन खुल्नेछ । क्रिकेट खेलको दौरान बलले लागेर निधन भएका अष्ट्रेलियाका फिल ह्युजको सम्झनामा हुने प्रतियोगितामा महिला र पुरुष सबैले खेल्न पाउनेछन् ।

प्रतियोगिताको लागि ३१५ देखि १६०० नगद दर्ता शुल्क लाग्नेछ । सहभागीले प्रतियोगिता खेल्न ३१५ देखि १६०० भित्र जति सुकै राशी तिर्न सक्नेछन् । दर्ता शुल्क इसेवाको माध्यम बाट तिर्न सकिनेछ । इसेवाको खाता नभएको खण्डमा टोकन सिस्टमको पनि व्यवस्था गरिएको छ । आवेदन फाराममा ‍राखिएको मोबाइल नम्बर नै टोकन नम्बर हुनेछ । टोकन नम्बर प्रयोग गरी नजिकैको इसेवाका एजेन्ट वा साथीभाइको खाताबाट लग इन गरेर तिर्न सकिनेछ ।

प्रतियोगीहरुले प्रभु बैंकमा रहेको कोल म्यानेजमेन्टको खातामा डिपोजिट गरेर पनि शुल्क बुझाउन सक्नेछन् ।
०६८००१०१०९६५७५०००००१ खाता नम्बर रहेको छ ।

यस प्रतियोगिताको Prize pool २ लाखभन्दा अधिक रहेको छ। खेलाडीहरुले आफ्नो प्रवेश शुल्कअनुसार नै पुरस्कार जित्नेछन् । टप १६ लाई नै पुरस्कारको व्यवस्था गरिएको छ भने महिला प्रतियोगीहरु मध्ये प्रथम हुने प्रतियोगीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्