स्याङ्जाको वालिङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो

waling_pahiro
  • 19
    Shares
लोकपाटी न्यूज

स्याङ्जा। पहिरामा पुरी स्याङ्जाको वालिङमा ज्यान गुमाउनको संख्या ७ पुगेको छ। आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा परी ज्यान गुमाउनको संख्या ७ पुगेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको छ। पहिरोमा परी बेपत्ता भएका थप दुई जनाको शव फेला परेको उनले जानकारी दिए।

प्रवक्ता अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन्। त्यस्तै बेपत्ता भएका १४ वर्षीय विक्रम नेपाली र १६ वर्षीया विनिता नेपालीको शव फेला परेको छ।

उनका अनुसार बेपत्ता दुई जनाको खोजी कार्य भइरहेको छ। एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी गह्रौं प्राथमिक अस्पताल वालिङ पठाईएकोमा थप उपचारका लागि पोखरा पठाइएको अस्पतालले जनाएको छ। माथिबाट निरन्तर पहिरो खसिरहेकाले उद्दार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्