बलिउड अभिनेत्री पुनम पाण्डेले दिइन् पतिविरुद्ध उजुरी 

poonam pandey
  • 12
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ८ असोज। बलिउडकी अभिनेत्री तथा मोडल पुनम पाण्डेलाई आफ्ना श्रीमानबाट कुटिएको खबर जीन्युजले लेखेको छ। प्रेमी साम बम्बेसँग गुपचुप विवाह गरेकी पुनम र पतिबीच विवाद भएको खबर बाहिरिएको हो।

विवाह गरेको करिब दुई हप्ता नबित्दै पुनमले पतिविरुद्ध कुटपिटको आरोप लगाउँदै प्रहरीमा उजुरी गरेको भारतीय अनलाइन मिडियाहरुले समाचार लेखेका छन्।

समाचारमा दक्षिण गोवाको कैनाकोना गाउँमा सुटिङको क्रममा आफूमाथि पतिले कुटपिट गरेको र अझै गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको पुनमले उजुरीमा उल्लेख गरेकी छिन्।मंगलबार प्रहरीले पतिलाई गिरफ्तार गरेपनि पुनमको आरोप प्रमाणीत भइसकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्