‘दशैँमा कोरोना कोसेली बोकेर त हिँड्दै छैनौं ?’

corona doctor
  • 12
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ८ असोज। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दशैँ, तिहार र छठ जस्ता पर्व नजिकिँदै गएकाले पनि एक ठाउँबाट अर्को ठाउँमा कोरोनाको सङ्क्रमण सजिलै फैलने खतरा बढेको बताएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले निषेधाज्ञा खुलेपछि कोरानाको सङ्क्रमण बढेकोले अब आउँदै गरेका चाड पर्वका कारण अझ सङ्क्रमण फैलन सक्ने बताए। उनले दशैँ नजिकिँदै गर्दा शहर र घनाबस्तीबाट आफ्नो घरगाँउ जाने क्रम सुरु भइसकेकाले जोखिम बढेको बताएका हुन्।

उनले भने, ‘दशैँमा घर जाँदा कतै बाआमालाई कोरोना कोसेली पो लिएर जाँदै छैनौँ ?’ दशैंमा आशीर्वाद लिन घर जाँदा कतै कोरोना पनि छ कि भनेर स्वास्थ्य सावधानी अपनाउनु पर्ने उनको भनाइ छ।

उनले गाउँ घरमा रहेका ज्येष्ठ नागरिक, दीर्घ रोगीहरुलाई कोरोनाबाट जोगाउन चुनौती थपिएको पनि बताए। साथै उनले सार्वजनिक गाडीमा ओहोरदोहोर गर्दा, बजार पसल जाँदा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्