प्रधानमन्त्रीज्यू हेक्का रहोस् नेकपाको सचिवालय संवैधानिक परिषद् होइन !

congress
  • 8
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ८ असोज। नेपाली कांग्रेसले संवैधानिक परिषद् एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानको व्यवस्थाभन्दा बाहिर नजान सरकारलाई आग्रह गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति प्रकाशित गरी संवैधानिक निययुक्तिबारे प्रधानमन्त्रीलाई सजग गराएका हुन्।

नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्ति गर्ने विषयमा जुन रूपमा आफूलाई संलग्न गरायो त्यसबाट संवैधानिक परिषद्को गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्यत रहेको पुष्टि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

कांग्रेसले नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषद्को गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको ठहर गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक राज्य व्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्त्व, मर्म एवं मूल्य हुन्छ र पर्दछ भन्ने सरकारले नबुझ्नु दुःखद त छ नै लोकतान्त्रिक पद्धतिका लागि सुखद संकेत होइन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्