चितवनमा मानसिक स्वास्थ्य सम्बन्धी सप्ताहव्यापी सचेतना कार्यक्रम सम्पन्न

pic 1
  • 86
    Shares
लाेकपाटी न्यूज

चितवन, ८ असोज। चितवनमा मानसिक स्वास्थ्य सम्बन्धी सप्ताहव्यापी सचेतना कार्यक्रम सम्पन्न भएको छ। लियो क्लब अफ नारायणगढ बालकुमारीको आयोजना र सम्भाव्य फाउन्डेसनको विशेष सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो।

लामो समयदेखिको लकडाउनले पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको सचेतना कार्यक्रममा सिद्धार्थ बोर्डिङ्ग, सिद्धिविनायक मावि, नारायणी पब्लिक बोर्डिङ्ग, उषा बोर्डिङ्ग, एडभेन्चर बोर्डिङ्ग, पिस जोन बोर्डिङ्गका कक्षा ७ देखि १० सम्मका गरी करिब ४०० विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले कार्यक्रमले सकारात्मक प्रभाव पारेको बताए। विद्यार्थीहरुले मानसिक रूपमा स्वस्थ महसुस हुनुका साथै मानसिक स्वास्थ्य सम्बन्धी ज्ञानको वृद्धि भएको बताएका थिए।

त्यस्तै कार्यक्रममा सहभागी शिक्षकहरुले  कार्यक्रम अहिलेको परिस्थितिमा निकै सान्दर्भिक रहेको र सकेसम्म सबै विद्यालयमा यस्ता सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

क्लबका अध्यक्ष जागेश्वर आचार्यले सञ्चालन गरेका कार्यक्रममा सम्भाव्य फाउण्डेशनका रञ्जिता मर्हजन, आदित्य डंगोल र पुरुषोत्तम थापाले सहजीकरण गरेका थिए। कार्यक्रमको प्राविधिक रुपको काम केशव श्री महर्जनले गरेका थिए।

pic

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्