आइपीएलको कमेन्ट्री गर्न भारत आएका अष्ट्रेलियाका पूर्वक्रिकेटर जोन्सको निधन

dean_jones
  • 14
    Shares
लोकपाटी न्यूज

एजेन्सी। अष्ट्रेलियाका चर्चित पूर्वक्रिकेटर डिन जोन्सको भारतमा निधन भएको छ। इन्डियन प्रिमियर लिग (आइपीएल)को कमेन्ट्रीका लागि स्टार इन्डियासँग आबद्ध भई भारतको मुम्बईमा रहेका बेला उनको बिहीबार निधन भएको हो। आकस्मिक रूपमा हृदयघात भएर उनको ५९ वर्षको उमेरमा निधन भएको अधिकारीले जानकारी दिएका छन्।

स्टार इन्डियाद्वारा जारी वक्तव्यमा लेखिएको छ, ‘डिन मेर्भिन जोन्सको निधन भएको जानकारी गराउनु पर्दा हामीलाई अत्यन्त दुःख लागेको छ। यो दुःखद् घडीमा हामी उहाँका परिवारजन, सुवेच्छुक र समर्थकको साथमा छौँ। उहाँको हृदयघातका कारण आकस्मिक निधन भएको हो।’ उनको अन्त्येष्टिको व्यवस्थापनका लागि आफूहरू अष्ट्रेलियाली उच्च आयोगको सम्पर्कमा रहिरहेको पनि स्टार इन्डियाले जनाएको छ।

क्रिकेट खेलसम्वन्धी विभिन्न भूमिकामा रहेर लामो समय काम गर्नु भएका जोन्सलाई दक्षिण एसियामा क्रिकेटको विकासका लागि महत्वपूर्ण योगदान गरेको व्यक्तिका रूपमा चिनिन्छ। उनले क्षमतावान युवा क्रिकेटरलाई प्रोत्साहन र सहयोग गर्ने गरेका थिए भने उनका दशौँ लाखौँ समर्थक थिए। उनी सन् १९८० देखि १९९० सम्ममा अष्ट्रेलियामा अत्यन्त आक्रामक रूपमा खेल क्षेत्रमा लोकप्रिय थिए।

चर्चित व्याड्सम्यान डिनले खेल जीवनपछि लामो समय विभिन्न देशमा प्रशिक्षक र कमेन्टेटरका रूपमा क्रिकेट क्षेत्रमा योगदान पुर्‍याएका थिए। डिन अफगानिस्तान क्रिकेट टिमको अन्तरिम प्रशिक्षक थिए थियो भने पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेडको मुख्य प्रशिक्षकसमेत भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्