मदारबाबाको एम्बुलेन्सले यस्ता व्यक्तिलाई निःशुल्क सेवा दिने

Ambulence
  • 14
    Shares
लाेकपाटी न्यूज

रमेश भुसाल/ पश्चिम नवलपरासी, ९ असोज। मदरबाबा मेला सञ्चालन गर्दै आएको कुतबुल मदारशाह दरगाह कमिटी सुस्ता २नवलपरासीले कोरोना संक्रमित, अपाङ्गता भएका, गरीब,असहाय तथा विपन्न नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ।

कमिटीको बिहीबार परासीमा बसेको बैठकले उक्त निर्णय गरेको कमिटीका संरक्षक पिठाधिस अमिरुल्लाह अन्सारीले जानकारी दिए। भारत सरकारको सहयोगमा विगत पाँच महिनादेखि कमिटीेले एम्बुलेन्स सञ्चालन गर्दै आएको छ।

आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट विपन्न नागरिकको अकालमा ज्यान गुमाउने परिस्थिती नआओस् भन्नका लागि आफूहरुले ती वर्गलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको सल्लाहकार बुद्धनअलिले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्