दाउन्नेमा बस भिरबाट खस्दा एकको मृत्यु, ७ घाइते

pic
  • 36
    Shares
लाेकपाटी न्यूज

रमेश भुसाल/ पश्चिम नवलपरासी, ९ असोज। पूर्वी नवलपरासीको दाउन्नेमा माथिबाट खसेको पहिरोले बस पल्टाउदा एक जनाको मृत्यु भएको छ भने पहिरोमा परी ७ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहीबार साँझ विनयी त्रिवेणी २ विश्वकर्मा बाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोमा परी ना ५ ख ७९४० नम्बरको बस पुरिएको थियो।पूर्वबाट पश्चिम जाँदै गरेको उक्त बस पुरिंदा बसमा सवार ७ जना घाइते भएका थिए।

घाइते मध्ये पश्चिम रुकुमको आठविसकोठ गाउँपालिका १० बस्ने २५ बर्षको हरिषचन्द केसीको बिहीबार राति ९ बजेतिर उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए।

प्रहरीका अनुसार पहिरोमा पुरिएर सल्यानको श्रीनगर गाउँपालिका निवासी २७ वर्षीया महिला प्रतिभा खड्का, सोही स्थानका १० वर्षीय प्रज्ञान बस्नेत, १६ वर्षीया खुमा बुढाथोकी, सल्यानको सिमखर्क गाउँपलिका ७ निवासी ३५ वर्षीय लोकबहादुर बस्नेत, रुकुमको मुसिकोट गाउँपालिका १ निवासी ३० वर्षीय रमेश खड्का र बाफिकोट गाउँपालिका ४ बस्ने २७ वर्षीया शिवा पुन घाइते भएका छन्। घाइतेहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्