पश्चिम नवलपरासीका विभिन्न ठाँउ डुबानमा

duban
  • 9
    Shares
लाेकपाटी न्यूज

रमेश भुसाल/ पश्चिम नवलपरासी, ९ असोज। लगातार परेको वर्षाका कारण पश्चिम नवलपरासीका विभिन्न ठाँउहरु डुवानमा परेका छन्।

पश्चिम नवलपरासीको सरावल गाँउपालिकाको खडौना, मधवलिया, नौडिहवा, भुजहवा, गडौरी, कुर्थावल, पुसौलि गाँउ जलमग्न भएको छ।  सरावलका करिब दुई दर्जन घरपरिवालाई सुरक्षित स्थानमा स्थानन्तरण गरिएको सरावल गाँउपालिकाका अध्यक्ष राधेश्यम चौधरीले जनाकारी दिए।

त्यस्तै  पाल्हिनन्दन गाँउपालीकाको शंकरपुर, बड्की सुनारी, महेशपुर, अमानिगञ्ज दशगजा लगाएत क्षेत्र डुवानमा परेको छ। डुवानमा परेका घरपरिवारहरु छिमिकिहरुको घरमा आश्रय लिएका छन भने उनिहरुलाई  सुरक्षित स्थानमा स्थानन्तरण गर्न पाल्हिनन्दन गाउंपाललिका जुटेकोे अध्यक्ष वैजु प्रसाद गुप्ताले जानकारी दिए।झरहि खोला र धनेवा खोलामा आउने बाढीका कारण वर्षेनि यस क्षेत्र डुबानमा पर्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्