पूर्वप्रधानमन्त्री खनालले गरे इलाम अस्पताललाई पीपीइ सहयोग 

Jhalanath_Khanal
  • 31
    Shares
लोकपाटी न्यूज

इलाम। पूर्वप्रधानमन्त्री एवं  इलाम क्षेत्र नम्वर १ का संघीय सांसद झलनाथ खनालले इलाम अस्पताललाई पीपीइ वितरण गरेका छन्। आफ्नो गृह जिल्लाको एकमात्र सरकारी अस्पतालमाका स्वास्थ्यकर्मीलाई सुरक्षित भएर काम गर्ने वातावरण बनोस् भनेर सहयोग गरेका हुन्।

एक कार्यक्रमकाबीच पूर्वप्रधानमन्त्री खनालले इलाम अस्पतालका प्रमुख डा. प्रभु शाहलाई  सो सामग्री हस्तान्तरण गरे। जिल्लामा कोरोनाविरुद्धको लडाइँका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्दै आएका उनले यसअघि समेत जिल्लाको सूर्योदय नगरपालिकालाई सामग्री हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्