सुदूरपश्चिममा कोरोनामुक्त हुनेको संख्या ५ हजार ८५५, कुन जिल्लामा कति ?

corona_infection
  • 10
    Shares
लोकपाटी न्यूज

कैलाली। सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरसको संक्रमणबाट निको हुनेको संख्या ५ हजार ८५५ पुगेको छ। बिहीबार विभिन्न अस्पतालबाट ८ र अपडेट नगरिएका ५७ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या ५ हजार ८५५ पुगेको हो।

निको भएर घर गएका मध्ये अछाममा ९१६, बैतडीमा ३२८, बझाङ्गमा ३८९, बाजुरामा ४५१, डडेल्धुरामा ३१६, दार्चुलामा ४६, डोटीमा ९३६, कैलालीमा १७४४ र कञ्चनपुरमा ७२९ रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

यसैगरी बितेको २४ घण्टामा विभिन्न अस्पतालबाट थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए। कैलालीका २४, डडेल्धुराका १, डोटीका ४, बझाङ्गका ७ र बैतडीका १० जनामा संक्रमण पुष्टि भएको उनले बताए।

सकृय संक्रमितमा अछाममा १००, बैतडीमा ७९, बझाङ्गमा ९५, डडेल्धुरामा १६, दार्चुलामा ३१, डोटीमा १३२, कैलालीमा ४७६ र कञ्चनपुर ३३ जना रहेका छन्। विभिन्न अस्पतालहरुमा ५२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा १५, टीकापुरमा ९, महाकालीमा १३, अछाममा १०, डोटीमा २, डडेल्धुरा अस्पतालमा ३ जनाको उपचार भइरहेको छ । शंकास्पद १४ जना आईसोलेसनमा छन।

प्रदेशका ९ वटै जिल्लामा ९९ आइसोलेसन सेन्टरमा २ हजार ५६४ बेडहरु छन्। सो बेडमा २ सय ९७ पुरुष र १ सय १६ महिला र होम आईसोलेसनमा १ सय ९९ जना रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाइ छ।

८० हजार ६८ नमुना जोच मध्य ६ हजार ८३० जनामा संक्रमण फेला परेको छ भने भने ७३ हजार २३८ नमुना भने नेगेटिभ आएको छ। अझै १ हजार १४२ नमुनाको रिजल्ट आउन बाकी रहेको छ। मृत्यु हुने संक्रमितको संख्या पनि १३ पुगेको कार्कीको भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्