ललितपुरका तीनै जना मेयरमा कोरोना

covid-19_corona
  • 13
    Shares
लाेकपाटी न्यूज

ललितपुर, १० असोज। ललितपुरका तीनै जना मेयरलाई कोरोना संक्रमण पुष्टि भएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन कोरोना संक्रमित भएका हुन्।

त्यसैगरी महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ ११ दिनदेखि किस्ट अस्पतालको आइसोलेसनमा छन्। उनको दोस्रो पटक परीक्षण गर्दा पनि कोरोना पोजिटिभ देखिएको हो।

त्यस्तै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले दुई पटक परीक्षण गर्दा दुई पटक नै पोजेटिभ आएको बताए। उनका अनुसार उनी गत सोमबारदेखि घरमै आइसोलेसनमा बसेका छन्। उनमा ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने लक्षण देखिएको छ।महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठलाई भने ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्