६० रुपैयाँमा एक किलो प्याज !

onions
  • 10
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, १० असोज। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो ६० रुपैयाँमा प्याजको बिक्रीवितरण सुरु गरेको छ। लिमिटेडको थापाथली बिक्रीकक्षबाट प्रतिकिलो ६० रुपैयाँमा सर्वसाधारणलाई प्याज बिक्री गरेको हो।

सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई बिक्री गर्न लागेको प्याजलाई जफत गरी बजार मूल्यमा बिक्री गर्न थालेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथली बिक्रीकक्षबाट सर्वसाधारणलाई ६० रुपैयाँमा प्याज उपलब्ध गराउँदै आएको जानकारी दिए।

उनका अनुसार बजार अनुगमनका क्रममा १४ हजार ६ सय किलो प्याज सरकारले बरामद गरेको छ। एक जनालाई तीन किलोसम्म दिन थालेको पनि उनले बताए। उनका अनुसार ५२ रुपैयाँ राजस्व र ८ रुपैयाँ खाद्य कम्पनीको खातामा जम्मा गरिनेछ।

काठमाडौं उपत्यकामा प्याजको मूल्य १ सय २० सम्म पुगेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजार अनुगमन समेत गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्