युक्रेनमा सैन्य विमान दुर्घटना : २२ को मृत्यु, दुईको जीवितै उद्दार

pic
  • 8
    Shares
लाेकपाटी न्यूज

एजेन्सी। युक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। वायुसेनाका प्रशिक्षार्थी लिएर उडेको एन्टोनोभ-२६ विमान कारकिभको पूर्वी शहरमा दुर्घटना भएको बिबिसीले जनाएको छ।

चालक दलका सदस्यसहित २७ जना रहेको विमानमा अहिलेसम्म २२ जनाको शव भेटिएको छ भने दुई जना घाइतेको जीवितै उद्धार गरिएको छ। दुर्घटनामा परेको विमानमा आगो लागेको थियो जसलाई केहीबेरमा नियन्त्रणमा लिइएको थियो।

विमानमा सवार तीन जना अझै हराइरहेका छन्।उनीहरुको खोजी भैरहेको छ।विमान दुर्घटनाको कारण भने खुलेको छैन। खार्किभका क्षेत्रीय गभर्नर ओलेक्सी कुचेरका अनुसार प्रारम्भिक सूचनामा एक जना पाइलटले दुर्घटना हुनुभन्दा केही समयअघि एउटा इन्जिनमा खराबी आएको रिपोर्टिङ गरेका थिए।

तर यो समस्या दुर्घटना नै निम्तिनेसम्मको गम्भीर नहुनुपर्ने र घटना निकै स्तब्धपूर्ण र दुखद भएको कुचेरलाई उद्धृत गर्दै युक्रेनी समाचार एजेन्सीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्