प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यालाई कोरोना संक्रमण

Dibya_Shah
  • 80
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक तथा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन प्रा. डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको उनले बताइन्।

विगत ४ दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र थकान महसुस भएपछि हिजो पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको डा। शाहले बताइन्। स्वास्थ्यमा जटिलता नआएको हुनाले उनी होम आइसोलेसनमा रहेकी छन्।

‘हल्का थकाइ लागेको अनुभव भइरहेको छ, ज्वरो आएको छ। अरू खासै समस्या छैन’, उनले भनिन्। आफ्नो सम्पर्कमा आएका सबै व्यक्तिलाई सतक रहन र केही लक्षण देखिएमा परीक्षण गर्न समेत डा. शाहले अनुरोध गरिन्। उनले आफू अहिले होम आइसोलेसनमै बसिरहेको बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्