शनिबार थपिए एक हजार २०७  जना नयाँ कोरोना संक्रमित

corona_virus
  • 13
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २०७ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोग गरिएको १० हजार १९ जनाको पीसीआर परीक्षणका क्रममा उक्त संक्रमित थपिएका हुन्।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ। त्यसैगरी २४ घण्टामा ११ सय ४७ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५३ हजार १३ पुगेको छ। मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको यो संख्या ७३ दशमलव ४ प्रतिशत हो।

पछिल्लो २४ घण्टामा नेपालमा ८ जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४६७ पुगेको छ। नेपालमा अहिलेसम्म पीसीआर परीक्षणको संख्या ९ लाख ७८ हजार २०४ पुगेको छ। मन्त्रालयका अनुसार २२४ जनाको आईसीयूमा उपचार भइराखेको छ भने २७ जनालाई भेन्टिलेटरमा राखिएको छ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिले मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन भक्तपुर र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने मनाङ, रसुवा, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा संक्रमण शून्यमा झरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्