उपत्यकाका थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि

covid-19_corona
  • 9
    Shares
लोकपाटी न्यूज

काठमाडौं। काठमाडौं उपत्यकामा शनिबार थप सात सय २४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७ सय २४ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका प्रा. डा. जागेश्वर गौतम अनुसार उपत्यकाको काठमाडौं जिल्लामा पाँच सय ८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनालाई संक्रमण देखिएको हो। आज देशभर १० हजार १९ जनाको परीक्षण गर्दा १ हजार २०७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा अवधिमा १ हजार १४७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। आजसम्म ९ लाख ७८ हजार २ सय ४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७१ हजार ८ सय २१ जनामा कोरोना पुष्टि भएको छ। संक्रमण पुष्टि भएका मध्ये ५३ हजार १३ संक्रमित निको भएका छन् भने १८ हजार ३ सय ४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्