सेतो गुराँस बालबिकास सेवाद्वारा समिक्षा बैठक सम्पन्न

1
  • 11
    Shares
लाेकपाटी न्यूज

राजेन्द्र बिक/बाजुरा, १० असोज। सेतो गुराँस बालबिकास सेवा बाजुराद्वारा सञ्चालित नेपालका सिमान्तकृत समुदायका बालबालिकाका लागि प्रारम्भिक बालविकास अवसरको सवलीकरण परियोजना अन्तर्गत समग्र परियोजनाको समिक्षा,कार्यक्रम भर्चुअल गोष्ठीमार्फत् सम्पन्न भएको छ।

जिल्ला भित्रका ८ ओटा स्थानीय तहहरुमा नियमित रुपमा प्रारम्भिक बालविकास कार्यक्रमको गुणस्तर सुधार गर्न स्थानीय तहहरुसंगको समन्वय र सहकार्यमा विभिन्न कृयाकलापहरु संचालन भई हालसम्म सेतो गुराँस बालविकास सेवा बाजुराले गरेको प्रगति र यसबाट अभिभावक वालवालिका र सरोकारवालाहरुको व्यवहारमा पारेको सकारात्मक प्रभावका साथै आगामी दिनमा कसरी स्थानीय तहसँग समन्वय र सहकार्य गरी प्रारम्भिक बालविकास कार्यक्रमलाइ निरन्तरता दिने भन्ने विषयमा बडिमालिका,त्रिवेणी,बुढीगंगा, बुढीनन्दा नगरपालिका तथा हिमाली, खप्तड छेडेदह, जगन्नाथ र गौमुल गाउपालिका अन्तरगतका नगर प्रमुख,उप प्रमुख,अध्यक्ष,उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, शिक्षा र स्वास्थ्य संयोजक लगाएत सामाजिक विकास शाखाका प्रमुखहरु,यूनिसेफ नेपालका प्रतिनिधी, राष्ट्रिय सेतो गुराँस र जिल्ला सेतो गुराँसका कर्मचारी तथा कार्य समितिका पदाधिकारीहरु विच समिक्षा कार्यक्रम संचालन भइ सम्पन्न भएको हो।

युनिसेफ नेपाल,सेतो गुराँस राष्ट्रिय बालविकास सेवा ललितपुरको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालका सिमान्तकृत समुदायका बालबालिकाका लागि प्रारम्भिक बालविकास अवसरको सवलीकरण परियोजना अन्तर्गत समग्र परियोजनाको समिक्षा,कार्यक्रमको दिगोपनाका रणनितीहरु तथा स्थानीय तहको प्रतिवद्धता के रहने भनि राखिएको उद्देश्य अनुसार कार्यक्रमको संचालन भएको सेतो गुरांस बालबिकास सेवा बाजुराका कार्यक्रम प्रबन्धक देबु खातिले बताए।

कार्यक्रममा ३६ जनाको सहभागिता रहेको प्रबन्धक खातिले जानकारी दिए। अभिभावक शिक्षा र एकिकृत प्रारम्भिक वालविकास योजना तर्जुमा कार्यक्रमलाई आगामी दिनमा स्थानीय तहले निरन्तरता दिन पहल गर्ने र प्रारम्भिक वालविकासको क्षेत्रमा स्थानीय तहको लगानीमा वृद्धि गराउने प्रतिवद्धता सहभागी स्थानीय तहका जनप्रतिनिधिले व्यक्त गरेका सेतोगुरांस बालबिकास सेवा बाजुराका कार्यक्रम संयोजक देवराज पाध्यायले बताए।

नेपालका सिमान्तकृत समुदायका बालबालिकाका लागि प्रारम्भिक बालविकास अवसरको सवलीकरण परियोजना अन्तर्गत बाजुरा जिल्लाका ८ स्थानीय तहमा प्रारम्भिक उमेरका बालबालिकाको सर्बाङ्गिण बिकासका लागि अभिभावक शिक्षा,अभिभावक भेटघाटका माध्यम बाट बालबालिकालाइ घरमा पढ्ने बानिको बिकास गराउने,बालबालिकाको सिकाइ गुणस्तर अभिवृद्धिका लागि प्रारम्भिक बालबिकास केन्द्रका सहजकर्तालाई तालिम दिने लगायतका सिकाई प्रभावकारी बनाउन महत्त्वपूर्ण क्रियाकलाप संचालन भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्