उपत्यकामा चारसहित कोरोना संक्रमणबाट ८ जनाको मृत्यु

corona death
सांकेतिक तस्वीर
  • 14
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा काठमाडौं उपत्यकामा चार पुरुषसहित आठ संक्रमितको मृत्यु भएको हो।

मृत्यु हुनेमा सबै पुरुष छन्। काठमाडौंका २० र ७४, भक्तपुरका ८८ र ललितपुरका ६६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भएको मन्त्रालयले पुष्टि गरेको छ। त्यस्तै, सप्तरीका ६३, मकवानपुरका ७४, रूपन्देहीका ७२ र कैलालीका ३० वर्षीय पुरुष संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ४६७ पुगेको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर ०.६५ प्रतिशत रहेको छ। आज देशभर १० हजार १९ जनाको परीक्षण गर्दा १ हजार २ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, आज देशभरबाट १ हजार १ सय ४७ जना डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्