पूर्व राजदूत राजभण्डारीको निधन

  • 10
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पाकिस्तानका लागि पूर्वराजदूत पुष्करमान सिंह राजभण्डारीको निधन भएको छ। ललित योग फाउण्डेशनका अध्यक्षसमेत रहेका पूर्वराजदूत राजभण्डारीको उपचारका क्रममा शुक्रबार राति निधन भएको हो।

उनले पाकिस्तान, थाइल्याण्ड, चीन र रसियालगायत मुलुकमा कूटनीतिज्ञको भूमिका निर्वाह गरेका थिए। उनले शुरुआती चरणमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को प्रवक्ताका रुपमा पनि काम गरेका थिए।

राजदूत राजभण्डारीले संयुक्त राष्ट्र संघको विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेका थिए। उनले केही समय द राइजिङ नेपालमा अंग्रेजी दैनिकमा पनि काम गरेका थिए। उनले गोरखा दक्षिणबाहुलगायत थुप्रै पदक पाएका छन्। उनका श्रीमती र चार सन्तान छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्