सरकार भ्रष्टाचारका काण्डैकाण्डमा फसेको छः उपेन्द्र यादव

Upendra Yadav
  • 24
    Shares
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिष्टहरु मुलुक र आफूलाई धराशायी बनाउने बाटोमा अघिबढेको टिप्पणी गरेका छन्। कम्युनिष्टहरुले देशलाई पनि धराशायी बनाइरहेको उनले तर्क गरे।

राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा यादवले ओली नेतृत्वको सरकारले देशलाई आर्थिक रूपमा धराशायी बनाइरहेको आरोप लगाए। उनले भने, ‘कम्युनिस्ट पार्टीको सरकार भएका विश्वका अन्य मुलुकहरूमा कम्युनिस्टहरूले मुलुकलाई धराशायी पारे र आफू पनि त्यसरी नै धराशायी भए। अहिले त्यही बाटोमा नेपाल पनि छ। भ्रष्टाचारका काण्डैकाण्डमा सरकार फसेको छ। यत्तिका काण्ड त पञ्चायती समयमा पनि भएका थिएनन् होला।’

यादवले अहिलेको सरकार र कम्युनिस्ट पार्टीबाट मुलुकको कुनै समस्या समाधान हुन नसक्ने भएकाले वैकल्पिक शक्तिको आवश्यकता रहेको औँल्याए। जनता उपचार र खाना नपाएर मरिरहेको भए पनि सरकारले कुनै वास्ता नगरेको उनको तर्क छ। लोक समाजवाद (समाजवाद, सङ्घीयता र लोकतन्त्र)को बाटोमा हिँड्ने नयाँ राजनीतिक विचार र शक्तिको निर्माण गर्दै मुलुकको भविष्य सुनिश्चित गर्नेतर्फ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्