म विना सर्त किमलाई भेट्न तयार छुः सुगा

Yoshihide-Suga pic
  • 32
    Shares
लोकपाटी न्यूज

एजेन्सी। जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन अनसँग भेट्न चाहेको बताएका छन्। उनलाई आफूले विना सर्त भेट्न तयार रहेको पनि उनले शुक्रवार स्पष्ट पारेका हुन्।

उनले भनेका छन्, ‘जापानको नयाँ प्रधानमन्त्रीका रूपमा म उहाँलाई भेट्न चाहन्छु, त्यसका लागि कुनै सर्त मसँगै छैन।’ संयुक्त राष्ट्रसंघको ७५औँ महासभामा बोल्ने क्रममा उनले उत्तर कोरिया र जापानबीचको सम्बन्धलाई सामान्य बनाउन चाहेको पनि स्पष्ट पारे।

उनले जापान-डिपीआरके प्योङ्गयाङ्ग घोषणाको स्मरण गर्दै त्यस अनुसार नै सम्बन्धलाई अगाडि बढाउने चाहेको पनि उल्लेख गरे। ‘आपसी सम्बन्ध र परमाणु सम्बन्धी विषयमा सन् २००२ मा भएको दुई पक्षीय सम्झौतालाई कार्यान्वयन गरेर अगाडि बढ्नु पर्ने कुरामा मेरो जोड छ,’ उनले भने।

प्रधानमन्त्री सुगाले टोकियो र प्योङ्गयाङ्गका बिचमा रचनात्मक र सन्तुलित सम्बन्धको पक्षमा नै आफू रहेको पनि जानकारी दिए। उनले थपे, ‘हामी हाम्रो दुई पक्षीय कारणले मात्रै नभई यस क्षेत्रमा शान्ति स्थापनाका लागि पनि योगदान पुर्‍याउनु पर्दछ, त्यसैले हामी बिचमा सहकार्य र सुमधुर सम्बन्धको आवश्यकता छ।’

उनले आफू आफ्ना प्रतिबद्धता र उद्देश्यबाट पछाडि हट्ने र राम्रो गर्ने अवसरलाई गुमाउने पक्षमा नरहेको पनि स्पष्ट पारे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्