हिन्दूवादीलाई कम देखाउने खेलमा विदेशी शक्तिः अस्मिता भण्डारी

Asmita Bhandari
  • 10
    Shares
लोकपाटी न्यूज

काठमाडौं। विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियकी महासचिव तथा गठबन्धनकी सल्लाहकार अस्मिता भण्डारीले हिन्दूवादीहरुलाई कम देखाउने खेलमा विदेशी शक्ति लागेको गम्भीर आरोप लगाएकी छन्। शनिवार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले यसबारे आम जनता सचेत हुनुपर्ने धारणा राखेकी छन्।

अबको जनगणना २०७८ मा दश वटा धर्मको महलहरूमध्येमा यस पटक अन्य भनेर थपिएको र यो हिन्दूवादीहरुलाई कम देखाउने खेलमा विदेशी शक्ति लागेको उनको आरोप छ। त्यस्तै उनले जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य आङकाजी शेर्पालाई सम्बन्धित पार्टी र सरकारले कारबाही गर्नुपर्ने माग पनि राखिन्। यदि पार्टी र सरकारले शेर्पालाई कारबाही नगरे आफूहरूले उनी आबद्ध दललाई बहिष्कार गर्ने चेतावनी पनि दिइन्। भण्डारीले राजसंस्थाको आवश्यकता पनि औंल्याईन्।

त्यस्तै, राष्ट्रिय शिवसेना पार्टीका अध्यक्ष विक्रम बहादुर बम, धार्मिक गुरु बलभद्र गुरु, गठबन्धनका सदस्य भैरव कार्की र अधिवक्ता तथा नेपाल दर्शन पार्टीका अध्यक्ष भुवन थापालगायतले गणतन्त्र असफल भएकोले नेपालमा गणतन्त्र असफल भएकोले २०४७ कै संविधानलाई स्थापित गर्नुपर्ने धारणा राखेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्