पाँच घण्टाको प्रयासपछि नरभक्षी बाघ नियन्त्रणमा

Royal-bengal-tiger
फाइल तस्वीर
  • 10
    Shares
लाेकपाटी न्यूज

चितवन, ११ असोज। चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ।निकुञ्जका हात्ती, कर्मचारी, सेना तथा प्रहरीको प्रयासमा बाघलाई नियन्त्रणमा लिइएको हो।

भरतपुर महानगरपालिका १३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो। वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जगदीश चौधरीलाई शनिबार बिहान बाघले आक्रमण गरेर शवलाई समेत नछाडेपछि बाघ नियन्त्रणमा लिइएको हो।

निकुञ्जका सूचना अधिकारी अशोक रामले आक्रमण गर्ने अन्दाजी १० वर्षको भाले बाघलाई पाँच घण्टाको प्रयासपछि साँझ नियन्त्रणमा लिइएको बताए। औषधियुक्त सुई प्रहार गरी लठ्याइने प्रविधि डार्टमार्फत बाघलाई बेहोस बनानएर मुख्य कार्यालय कसरामा लगिएको उनले जानकारी दिए। कसराको खोरमा बाघलाई राखिएको छ।

सोही बाघले केही महिनाअघि त्यसै क्षेत्रका अर्का एक व्यक्तिलाई पनि आक्रमण गरेको थियो। थप मानवीय क्षति रोक्नका लागि बाघ नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्