प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषदको आकस्मिक बैठक 

Mantriparisad_Cabinet
फाइल तस्बिर
  • 8
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ११ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। आज मध्यान्ह १२ बजे बालुवाटारमा बस्ने गरि बैठक डाकिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए।

सामान्यतया सोमबार र बिहीबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री ओलीले आजै (आइतबार) लाई डाकेका हुन्। भोलि सोमबार नियमित बैठक बस्ने समय हुँदा हुँदै एक दिनअघि आजै प्रधानमन्त्रीले आकस्मिक बैठक डाकेका हुन्।

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्यमा रहेका बेलामा आकस्मिक रूपमा बोलाइएको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। प्रधानमन्त्रीले केही अपरझट परेरनै बैठक डाकेको हुनसक्ने मन्त्रीहरुले बताएका छन्।

मन्त्री हेरफेरको विषयमा नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच व्यापक छलफल भइराखेका बेला मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्