भारतका पूर्व रक्षामन्त्री सिंहको निधन

jaswant_singh_pic
  • 5
    Shares
लाेकपाटी न्यूज

एजेन्सी। भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ। भाजपाका संस्थापक सदस्यसमेत रहेका जसवन्त सिंहको ८२ वर्षको उमेरमा निधन भएको हो।

उनी लामो समयदेखि बिरामी थिए।राजस्थानको बाडमेरका जसवन्त सिंहले विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनी भारतीय सेनाका मेजर पनि थिए।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेको उनको मृत्युमा गहिरो शोक व्यक्त गरेका छन्।

मोदीले ट्वीटमा भने, ‘जसवन्त सिंहले हाम्रो राष्ट्रलाई पूरा लगनका साथ सेवा गरे, सुरुमा उनले सैनिकको रुपमा पछि राजनीतिसँग जोडिएर। अटलजीको सरकारमा असाध्यै महत्वपूर्ण विभाग सम्हाले र आर्थिक, रक्षा एवं विदेश मामिलामा संसारसामू एक बलियो छाप छोडे । उनको निधनले दुःखी छु।’

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्