कोरोनाबाट विदेशमा थप २१ नेपालीको मृत्यु

corona death
सांकेतिक तस्वीर
  • 10
    Shares
लाेकपाटी न्यूज

लन्डन। कोरोना भाइरस (कोभिड( १९) संक्रमणबाट विभिन्न मितिमा थप २१ जना नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो सातामात्रै साउदी अरेबियामा १४, कुवेतमा ५, यूएईमा १ र युगान्डामा १ जना गरी शनिबार साँझसम्म थप २१ जनाको मृत्यु भएको हो।

कोरोना संक्रमणका कारण अहिलेसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको ज्यान गइसकेको एनआरएनएले जनाएको छ। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमति भएका छन्।

तीमध्ये ३५ हजार ७८ जना संक्रमण मुक्त भएका छन्। यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो।
यस्तै नेपालमा मात्र ७१ हजार ८ सय २१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ५३ हजार १३ जना कोरोना मुक्त भएका छन्। यो कुल संक्रमितको ७१ प्रतिशत हो। हालसम्म नेपालमा ४ सय ६७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्