सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

Accident-1
  • 7
    Shares
लाेकपाटी न्यूज

वीरगञ्ज, ११ असोज। बाराको जितपुर सिमरा १ स्थित दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

दुर्घटनामा बाराको निजगढ नगरपालिका १० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोराको मृत्यु भएको हो। तीनै जनाको घटनास्थलमै मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुधौरा पुलबाट २०० मिटर पूर्वी सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना.४.ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश न.२—०३—००४ प ४४४२ नम्बरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिएको थियो।ठक्कर दिने फरार बसका चालकको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्