उद्योगी चन्द्र प्रसाद ढकाललाई कोरोना संक्रमण

Chandra Dhakal
  • 17
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, १२ असोज। प्रतिष्ठित उद्योगपति चन्द्र प्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार गरेको स्वास्थ्य परीक्षणका क्रममा उनको सोमबार रिपोर्ट पोजेटिभ देखिएको हो।

सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै ढकालले आफूमा कोरोना संक्रमण पोजिटिभ देखिएको जानकारी दिएका हुन्।

ढकालले आफूमाथि कुनै स्वास्थ्य समस्या वा लक्षण नदेखिएको बताएका छन्। उनले आफू घरमा सुरक्षित आइसोलेसनमा बसेको बताएका छन्।

Capture

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्